close

२०२३ मा प्रविधि कम्पनीहरूबाट निकालिए साढे दुई लाख कर्मचारी

टेकपाना टेकपाना

मंसिर ३०, २०८० १४:५१

२०२३ मा प्रविधि कम्पनीहरूबाट निकालिए साढे दुई लाख कर्मचारी

काठमाडौं । विश्वभरका प्रविधि कम्पनीहरूले २०२३ मा मात्रै साढे दुई लाख बढीलाई कामबाट निकालेको तथ्य बाहिरिएको छ । आर्थिक मन्दीलाई मुख्य कारण देखाउँदै प्रविधि कम्पनीहरूले दुई लाख ५८ हजार बढी कर्मचारी कटौती गरेको पाइएकाे हाे ।

कर्मचारी कटाैतीकाे तथ्यांक राख्ने संस्था ​लेअफ्सले याे तथ्य सार्वजनिक गरेकाे हाे । यो सङ्ख्या गत वर्ष (२०२२)को तुलनामा ५० प्रतिशतले बढी भएको बताइएको छ । प्रत्येक महिनाको डेटा ट्र्याक गरेर यो सङ्ख्या निकालिएको हाे ।

अल्फाबेट (गुगल), अमेजन, माइक्रोसफ्ट, याहु, मेटा, जुम लगायतका प्रविधि कम्पनीहरूले वर्षको सुरुवातमा नै कर्मचारी कटौती गर्न थालेका थिए, जुन ठूला कम्पनीमा मात्र सीमित भएन । धेरै स्टार्टअप, साना तथा मझौला आकारका कम्पनीहरू पनि त्यसमा मिसिए । 

कतिपय अर्थशास्त्रीहरूले मन्दी नहुने दाबी गरिरहँदा प्रविधि कम्पनीहरूले कर्मचारी कटाैतीकाे मुख्य कारण अर्थसंकटलाई​ नै मानेका छन् ।

यसैबीच टेक क्रन्चले पनि कर्मचारी कटौतीको महिनागत तथ्याङ्क सार्वजनिक गरेकाे छ, जसमा सबैभन्दा बढी जनवरी महिनामा प्रविधि कम्पनीहरूले कर्मचारी निकालेका छन्:

-जनवरी: ८९,५५४ 

-फेब्रुअरी: ४०, ०२१ 

-मार्च: ३७, ८२३

-अप्रिल: २०,०१४ 

-मे: १४,९२८ 

-जुन: १०,९५८ 

-जुलाई: १०,५८९ 

-अगस्ट: ९,५४५ 

-सेप्टेम्बर: ४,६३२ 

-अक्टोबर: ७,३३१ 

-नोभेम्बर: ६,९५६ 

यी ११ महिनामा कुन कम्पनीले कति कर्मचारीलाई कामबाट निकाले भने हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: मंसिर ३०, २०८० १५:९