close

सदस्यसचिव नियुक्तिको विषयलाई जोडेर भ्रामक समाचार बनाइयो: सीटीईभीटी

टेकपाना टेकपाना

पुस ३, २०८० १३:५६

सदस्यसचिव नियुक्तिको विषयलाई जोडेर भ्रामक समाचार बनाइयो: सीटीईभीटी

 

काठमाडौं । सदस्यसचिवको नियुक्तिको विषयलाई जोडेर कपोलकल्पित तथा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)ले ध्यानाकर्षण भएको बताएको छ ।

एक विज्ञप्तिमार्फत सीटीईभीटीले जिम्मेवार पदाधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको चरित्रहत्या गर्ने समाचार प्रकाशन भएको भन्दै ध्यानाकर्षण भएको बताएको हो ।


"परिषद ऐन, नियमावलीमा व्यवस्था भए बमोजिम परिषदको निर्देशक पदमा न्यूनतम ५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूमध्येबाट परिषदको सदस्य सचिव प्रमुख प्रशासकीय पदाधिकारीको रूपमा मनोनयन हुने व्यवस्था गरिएको छ,” जारी विज्ञप्तिमा भनिएको छ, “हाल परिषको सदस्य सचिवको पद रिक्त रहेकाले नियमावलीमा भएको व्यवस्था बमोजिमनै सदस्य सचिवको छनौटका लागि प्रक्रिया सुरु भइसकेको ब्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि अनुरोध छ ।”

त्यस्तै ती समाचारमा कुनै सत्यता नभएको समेत सीटीईभीटीले बताएको छ । हाल सीटीईभीटीको सदस्य सचिव नियुक्त गर्ने कार्य गत भदौदेखि चलिरहेको छ । तर चार महिना बितिसक्दा समेत नियुक्ति नहुँदा दैनिक कामकारबाहीमा असर परेको बताइएको छ । 

हेर्नुहोस् विज्ञप्ति

पछिल्लो अध्यावधिक: पुस ३, २०८० १३:५६