close

सरकार सामाजिक सञ्जाल मार्फत हुने विज्ञापनलाई निरुत्साहित गर्ने पक्षमा छः मन्त्री शर्मा

टेकपाना टेकपाना

पुस ६, २०८० १५:३५

सरकार सामाजिक सञ्जाल मार्फत हुने विज्ञापनलाई निरुत्साहित गर्ने पक्षमा छः मन्त्री शर्मा

काठमाडौं । सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई निरुत्साहित गर्ने पक्षमा सरकार रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । नेपाल विज्ञापन संघ (आन)को २४औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको नियमन गर्नेगरी विज्ञापन नियमावली २०८० जारी भएको उल्लेख गरिन् ।

अहिले विज्ञापनको केही हिस्सा सामाजिक सञ्जालमार्फत पनि जाने गरेको चर्चा गर्दै उनले विज्ञापन नियमावली २०८० ले सामाजिक सञ्जालबाट हुने विज्ञापनको नियमन गर्ने बाटो खुलाएको र यसका आधारमा विज्ञापन बोर्डले चाँडोभन्दा चाँडो नियमनको प्रक्रिया सुरु गर्न आवश्यक रहेको भनाइ राखिन् ।

सामाजिक सञ्जालमा हुने विज्ञापनले एकातिर नेपाली मुद्रा विदेशिने खतरा बढाएको र अर्कोतिर नेपालमा दर्ता नभएका प्लेटर्फमा हुने कारोवारको जानकारी नै नेपाल सरकारलाई नहुने अवस्थाले समस्या सिर्जना गर्दै गएकाले सरकारले मस्यौदा गरिरहेको सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा पनि सामाजिक सञ्जालमा हुने विज्ञापनलाई निरुत्साहित गर्ने गरी प्रावधान समेटिने उनले जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८० १६:५२