close

आईटी मेला गर्दै सरकार, स्टार्टअपहरू सहभागी हुने

टेकपाना टेकपाना

पुस ६, २०८० १७:१

आईटी मेला गर्दै सरकार, स्टार्टअपहरू सहभागी हुने

काठमाडौं । सरकारले सूचना प्रविधिसम्बन्धी मेला गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली स्टार्टअपको प्रवर्द्धनका लागि यस्तो मेला गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् ।

राजधानीमा शुक्रबा भएको आईसीटी अवार्ड २०२३ कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारीस्तरबाट यस्ताे  प्रदर्शनी आयोजना हुन लागेको बताइन् ।

''सूचना प्रविधि क्षेत्रका स्टार्टअपलाई प्रोत्साहन गर्नेगरी आईसीटी एक्जिबिसन, डिजिटल च्याम्पियन जस्ता कार्यक्रम राख्ने सोचेका छौं । त्यो कार्यक्रम नेपाल दूरसञ्चार प्राधिकरणको बजेट कार्यक्रममा समावेश भएको छ,'' उनले भनिन् ।

कृषि लगायत अन्य क्षेत्रसम्बन्धी महोत्सव धेरै हुने गरेपनि आईटी क्षेत्रमा यस्तो कार्यक्रम खासै नभएको पाइएकाले सरकारी स्तरबाट आईटी प्रदर्शनी गर्न लागिएको मन्त्री शर्माको भनाइ छ ।

त्यस्तै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने परियोजनाका लागि शुक्रबार अर्थ मन्त्रालयबाट सहमतिपत्र प्राप्त भएको जानकारी दिइन् । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत सञ्चारसहित कृषि, स्वास्थ्य, ऊर्जा पर्यटन, वित्त, सहरी पूर्वाधार लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम समावेश छन् ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८० १७:१