close

सबै उच्च अदालतमा आजदेखि स्वचालिन पेसी सुरु

टेकपाना टेकपाना

पुस ८, २०८० १६:३०

सबै उच्च अदालतमा आजदेखि स्वचालिन पेसी सुरु

काठमाडौं । सबै उच्च अदालतमा स्वचालित पेसी तारेख व्यवस्थापन सुरु भएको छ । यसअघि गोलाप्रथा प्रक्रियाद्वारा पेसी तोकिने गरेकोमा स्वचालिक पेसी तारेख व्यवस्थापन प्रणाली लागू भएको हो ।

पाटन उच्च अदालतमा आइतवार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले यो सेवाको उद्घाटन गरे । स्वचालित पेसी तारेख व्यवस्थापन सुरु भएसँगै न्यायिक प्रशासनिक कामकारबाही सरल बन्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा विद्यमान पेसीको विकृति तथा विसंगति हटाउन स्वचालित प्रणाली लागू गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझाव पछ्याउँदै सर्वोच्च अदालतले गत भदौ ११ मा स्वचालित पेसी प्रणाली लागू गरेको थियो ।

यो प्रणाली कार्यान्वयनमा आएसँगै कर्मचारीहरूले आफ्नो इच्छाअनुसार तारिख तोक्ने पद्धति हट्ने र मुद्दाको प्रकृति र प्राथमिकताका तारिख मिति स्वचालित रुपमा निर्धारण हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८० १६:३७