close

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जना प्रहरी नियन्त्रणमा

टेकपाना टेकपाना

पुस ८, २०८० १९:४२

पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । पठाओ र इन्ड्राइभको नाममा अफलाइन राइड गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आइतवार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

"काठमाडौंका विभिन्न स्थानहरूबाट अनधिकृत तवरले सर्वसाधारणहरूलाई ओसारपसार गर्ने (Offline Trips/Ride) क्रियाकलापमा संलग्न ४८ जना व्यक्तिहरुसहित ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको छ," जिल्ला प्रहरी परिसर काठमाडौंले सूचनामा भनेको छ ।

विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सृजना हुने भएकाले अफलाइन राइड नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८० १९:४२