close

एनसीएचएलले मनायो १५औं वार्षिकोत्सव

टेकपाना टेकपाना

पुस १०, २०८० ११:४६

एनसीएचएलले मनायो १५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले आफ्नो स्थापनाकाे १५औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको नेतृत्वमा ८ पुस २०६५ मा स्थापना भएकाे एनसीएचएलले नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू सञ्चालन गरिरहेकाे छ ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलमा १० वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत सात जना कर्मचारीहरूलाई ‘लङ सर्भिस अवार्ड’ प्रदान गरिएको थियो ।

त्यस्तै पछिल्लो तीन आर्थिक वर्षमा सबैभन्दा बढी डिजिटल कारोबार प्रशोधन गरेकोमा वाणिज्य बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक लिमिटेड, फाइनान्स कम्पनीतर्फ गुडविल फाइनान्स लिमिटेड र डिजिटल वालेटतर्फ खल्ती प्राइभेट लिमिटेडलाई ‘हाइएस्ट डिजिटल ट्रान्जेक्सन’ अवार्ड प्रदान गरिएको थियो ।

साेही अवसरमा महालेखा नियन्त्रक कार्यालयलाई एनसीएचएल प्रणालीमार्फत सरकारी कारोबारलाई डिजिटलाइजेसन गर्न खेलेको विशेष भूमिका खेलेकाे भन्दै सम्मान गरियो ।

कार्यक्रममा एनसीएचएल र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को मर्जर तथा एक्विजिसनका लागि समझदारीपत्र आदानप्रदान भएको घोषणा समेत गरिएको थियो ।

एनसीएचएलको सञ्जालमा प्रत्यक्ष सदस्यका रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा गैर–बैंक संस्थाहरू छन् । एनसीएचएलको प्रणालीहरुबाट रकमको आधारमा नेपालको ८५ प्रतिशत भन्दा बढी खुद्रा नन-क्यास कारोबारहरू प्रशोधन भइरहेका छन् । 

पछिल्लो अध्यावधिक: पुस १०, २०८० ११:५९