close

बन्द कोठामा हिटर बालेर सुत्दा पूर्व वडा अध्यक्षको मृत्यु

टेकपाना टेकपाना

पुस १०, २०८० १४:२२

बन्द कोठामा हिटर बालेर सुत्दा पूर्व वडा अध्यक्षको मृत्यु

 

काठमाडौं । काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको मृत्यु भएको छ । सोमवार राति हिटर लगाएर श्रीमतीसँगै टीभी हेरिरहेका लामाको निस्सासिएर निधन भएको हो । 

टेकपानासँग कुरा गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी एवं डीएसपी राजकुमार श्रेष्ठले ८२ वर्षीय पूर्व वडाध्यक्षको निधन भएको पुष्टि गरे ।

“उहाँहरू (लामा र उनकी श्रीमती) राति हिटर बालेर टीभी हेरिरहनु भएको रहेछ,” उनले भने, “राति टीभी हेर्दाहेर्दै निदाउनु भयो । कोठामा झ्याल-ढोका सबै बन्द थियो । त्यही भएर निस्सासिएकाे देखिएको छ ।”

डीएसपी श्रेष्ठका अनुसार मङ्गलवार बिहान अबेरसम्म बुबाआमा नउठेपछि छोरा बुहारीले ढोका खोल्दा दुवै जना बेहोस अवस्थामा फेला गरेका थिए । यसपछि उपचारका लागि धुलिखेल अस्पताल  लगिए पनि अस्पतालले बिहान सवा ९ बजेतिर लामालाई मृत घाेषित गरेकाे थियाे । उनकी श्रीमती माया लामाको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्राेतलाई उद्धृत गर्दै डीएसपीले श्रेष्ठले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १४:२२