close

सूचना प्रविधि क्षेत्रका युवाहरूसँग अब नियमित संवादमा बस्छुः प्रधानमन्त्री

टेकपाना टेकपाना

पुस १०, २०८० १८:०

सूचना प्रविधि क्षेत्रका युवाहरूसँग अब नियमित संवादमा बस्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधि क्षेत्रका युवाहरूसँग अब नियमित संवादमा बस्ने बताएका छन् । सूचना प्रविधि क्षेत्रमा आफ्नै तत्परतामा हजारौं युवाहरुले झण्डै ७० अर्ब यसै वर्षमात्र देशमा ल्याएको उल्लेख गर्दै उनले अब आफू उनीहरुसँग नियमित संवादमा बस्ने उल्लेख गरे ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधि क्षेत्रमा क्रियाशील युवाहरुलाई अवरोध पुगेका सबै गाँठाहरुको समाधान गर्न परिणाममुखी संयन्त्र बनाइने जनाए ।

साथै उद्यमशीलताको माध्यबाट आर्थिक उन्नति र रोजगारीको घोषणा गर्ने पनि उनले जनाए ।

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १८:०