close

विश्वका सर्वाधिक लोकप्रिय युट्युबर मिस्टर बिस्टको टिम नेपालमा, मिसन ‘सिक्रेट’

टेकपाना टेकपाना

पुस १६, २०८० १३:२५

विश्वका सर्वाधिक लोकप्रिय युट्युबर मिस्टर बिस्टको टिम नेपालमा, मिसन ‘सिक्रेट’

 

काठमाडौं । युट्युबमा सर्वाधिक धेरै सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टको टिम नेपाल आइपुगेको छ । शनिवार एक भिडिओ सार्वजनिक गर्दै मिस्टर बिस्टले आफ्नो टिम 'सिक्रेट मिसन'का लागि नेपाल पुगेको जानकारी दिएका हुन् ।

२२ करोड ४० लाख बढी सब्स्क्राइबर भएका मिस्टर बिस्टले परोपकारी कामका लागि 'बिस्ट फिलान्थ्रोफी' नामक युट्युब च्यानल पनि सञ्चालन गर्दै आएका छन् । शनिवार सो च्यानलमा '३० ल्याम्बोर्गेनी भर्सेस १० हजार जना' (30 Lamborghinis vs 10,000 People) शीर्षकको भिडिओमा मिस्टर बिस्टले आफ्नो टिम नेपाल पुगेको जानकारी दिएका हुन् ।

"यदि मैले तपाईंलाई ३० ल्याम्बोर्गेनी खरिद गर्नुस् वा एक वर्षमा १० हजार जनालाई बचाउनुस् भने भनें तपाईं के गर्नुहुन्छ," उनले भिडिओको सुरुवातमा भनेका छन् । त्यसमध्ये आफूले १० हजार जनाको ज्यान बचाउने काम गरेको भन्दै सबै कामको हाइलाइट भिडिओमा प्रस्तुत गरेका छन् । 

खाइलस्था दक्षिण अफ्रिकाबाट टुहुरा बालबालिकालाई सहयोग गर्दै बिस्टको २०२३ परियोजना सुरु भएको थियो । त्यसपछि होपी रिजर्भेसन ओरियोजनाका होपी जनजातीका बालबालिकालाई सहयोग गर्दै कम्बोडियाका दुई हजार जनालाई उनले कृत्रिम खुट्टा उपलब्ध गराएका थिए ।

त्यस्तै सोही परियोजनामा मिस्टर बिस्टले कोलम्बियाको एउटा गाउँलाई विद्युत् र इन्टरनेट सेवा, केन्यामा सफा पिउने पानी र त्यहाँका एक हजार स्थानीयलाई विद्युतीय साइकल बाँडे । फिलिपिन्सको बाल अस्पतालमा सहयोग, थाइल्यान्डमा २० लाख बढी सडक कुकुरलाई सहयोग, जामिबियाको गाउँमा सौर्य ऊर्जाको व्यवस्थाका साथै बिस्टले क्यामेरुनमा हजारौं बालबालिकालाई समेत सहयोग दिएका थिए ।

२०२३ को सोही परियोजना नेपालबाट टु्ङ्ग्याउने भन्दै सिक्रेट मिसनका लागि आफ्नो टिम संसारको सबैभन्दा उच्च हिमाल माउन्ट एभरेस्टमा पुगेको बताएका छन् । यो परियोजना अन्तर्गत आफ्नो टिमले के काम गर्न लागेको हो भन्ने विषय २०२४ मा सार्वजनिक गर्ने उनको भनाई छ ।

पछिल्लो अध्यावधिक: पुस १६, २०८० १४:१६