close

नेपाली स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

टेकपाना टेकपाना

पुस २०, २०८० १२:३८

नेपाली स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने

काठमाडौं । नेपाली भूउपग्रह प्रक्षेपण गर्न भारतले सहयोग गर्ने भएको छ । नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा दुई देशले एक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र न्यू स्पेस इन्डिया लिमिटेड (एनसिल) का प्रतिनिधिले हस्ताक्षर गरेका छन् । यससँगै २०२४ भित्र प्रक्षेपण गर्ने भनिएको मुनाल भूउपग्रहका लागि एनसिलले नास्टलाई पोलार स्याटलाइट लन्ज भेहिकल (पीएसएलभी) उपलब्ध गराउने भएको छ ।

मुनालबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 


 

पछिल्लो अध्यावधिक: पुस २०, २०८० १२:४०