close

हिमालयन जाभामा हाम्रो पेबाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्याशब्याक पाइने

टेकपाना टेकपाना

पुस २६, २०८० ११:७

हिमालयन जाभामा हाम्रो पेबाट भुक्तानी गर्दा २०० रुपैयाँसम्म क्याशब्याक पाइने

काठमाडौं । हाम्रो पात्रोले हिमालयन जाभासँगको सहकार्यमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले हिमालयन जाभाका विभिन्न १० ओटा शाखामा हाम्रो पेमार्फत भुक्तानी गर्दा २०० रुपैयाँसम्मको क्याशब्याक दिने भएको हो । 

हाम्रो पेका अनुसार यस्तो क्याशब्याक अफर १० प्रतिशत रहेको छ, जुन बढीमा २०० रुपैयाँसम्म हुनेछ । केही सातासम्म लागू हुने गरी ल्याइएको यो अफर प्राप्त गर्न हाम्रो पे वालेटमा केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ । 

हिमालयन जाभाका ठमेल, मण्डला, सिभिल मल,  मार्कोपोलो, सुनाकोठी, बीएण्डबी, कुलेश्वर र नक्सालका आउटलेटमा यो अफरको फाइदा लिन सकिने बताइएको छ ।

यसका साथै भाटभटेनी सुपर मार्केटमा चलिरहेको हाम्रो पेको 'स्पिन एन्ड विन' अफर अन्तर्गत प्रत्येक भुक्तानीमा १०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सकिन्छ । 

हाम्रो पे डिजिटल वालेटका लागि छुट्टै एप डाउनलोड गरिरहनु पर्दैन । हाम्रो पात्रो एपभित्रै उक्त डिजिटल वालेटको सुविधा प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८० ११:२०