close

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

टेकपाना टेकपाना

पुस २८, २०८० १२:५२

एप्पललाई पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

 

काठमाडौं । एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शेयर बजारमा मूल्य बढेपछि माइक्रोसफ्ट मूल्यवान कम्पनी सफल भएकाे हो ।

शुक्रवार माइक्रोसफ्टको प्रतिशेयर मूल्य ३३८.४७ डलरमा पुगेर बन्द भएको थियो । यसअनुसार हाल माइक्रोसफ्टको बजारमूल्य २.८९ ट्रिलियन डलर रहेको छ । यता एप्पलको प्रति शेयरको कारोबार १८५.९२ डलरमा बन्द भएको थियो । अहिले एप्पलको बजारमूल्य २.८७ ट्रिलियन डलर रहेको छ । कम्पनीको सबै शेयरहरूको कूल मूल्यलाई बजारमूल्य मान्ने गरिन्छ । 

यो हप्तामात्रै माइक्रोसफ्टको शेयर मूल्य तीन प्रतिशतले वृद्धि भएको थियो । पछिल्लो समयमा माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अर्बौं डलरको लगानी गरिरहेको छ । त्यसैअन्तर्गत एआईको क्षेत्रमा अगाडि रहेको च्याटजीपीटीको निर्माता ओपनएआईसँग माइक्रोसफ्टले साझेदारी गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०८० १३:२९