close

ट्रायल दिन नक्कली प्रवेशपत्र प्रयोग गरेको आरोपमा एक जना पक्राउ

टेकपाना टेकपाना

माघ ९, २०८० ११:५२

सांकेतिक तस्वीर सांकेतिक तस्वीर

काठमाडौं । ट्रायल दिन नक्कली प्रवेशपत्र प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । इलाम घर भई काठमाडौं बस्दै आएका १८ वर्षीय सिजन पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार भक्तपुरको राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ बाट पुरी पक्राउ परेका हुन् । 

प्रवेश पत्रमा ९६७२९४७ एप्लिकेसन आईडी भएका पुरीले तेस्रो पटक दुईपाङ्ग्रे सवारीको ट्रायल दिएको प्रहरीले जनाएको छ । हाल प्रहरी वृत्त ठिमीले पुरीमाथि थप अनुसन्धान गरिरहेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १२:०