काठमाडौं । इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले 'बाई वन, गिफ्ट वन फ्री' इन्टरनेट अफर ल्याएको छ । यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस तीन महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा योग्य हुन भायानेट ग्राहकले तीन, छ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सोभन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने कम्पनीले जनाएको छ ।
''एक पटक योग्य भएपछि ग्राहकले एसएमएस मार्फत उपहार भाउचर कोड प्राप्त गर्नेछन्, जुन उनीहरूले आफ्नो प्रियजनलाई प्रदान गर्न सक्नेछन्,'' कम्पनीको विज्ञप्तिमा भनिएको छ, ''गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस तीन महिनाको रु २७०० भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् ।''
कम्पनीका अनुसार उपहार भाउचर नयाँ जडानको लागि मात्र उपलब्ध हुने र यसमा जडान शुल्क लागू हुनेछ। उपहार भाउचर दाबी गरिसकेपछि आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् ।