close

सामसङ एस२४ बुकिङ गर्नेलाई एनसेलको स्पेसल लक्स नम्बर, ६ महिनासम्म भ्वाइस, डेटा र एसएमएस सेवा

टेकपाना टेकपाना

माघ १०, २०८० १२:३२

सामसङ एस२४ बुकिङ गर्नेलाई एनसेलको स्पेसल लक्स नम्बर, ६ महिनासम्म भ्वाइस, डेटा र एसएमएस सेवा

काठमाडौं । एनसेल र सामसङ नेपालबीच सामसङ ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनमा आकर्षक बन्डलिङ सेवा र विशेष सुविधा उपलब्ध गराउन साझेदारी भएको छ ।

यस साझेदारी अन्तर्गत एस२४ सिरिज किन्न अग्रिम बुकिङ गर्ने पहिलो ५०० जना ग्राहकले आफ्नो इच्छा अनुसार एनसेलको स्पेसल लक्स नम्बर लिन पाउनेछन् । सामसङ नेपालले गत शुक्रबारदेखि नै ग्यालेक्सी एस२४ सिरिजका स्मार्टफोनका लागि अग्रिम बुकिङ लिन थालिसकेको छ ।

अग्रिम बुकिङ गर्ने ग्राहकले प्रिमियम नम्बरका साथै हरेक दिन ६ महिनासम्म ७० मिनेट अल नेट भ्वाइस, ७०० एमबी डेटा र ७० एसएमएस निःशुल्क पाउनेछन् ।

एस२४ सिरिजमा ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेक्सी एस२४ बेस रहेका छन् । माघ २३ सम्म वा स्टक रहँदासम्म अग्रिम बुकिङ गर्नेले बड्स, ट्याबलेट लगायतका आकर्षक उपहार समेत पाउने सामसङ नेपालले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ १०, २०८० १४:२८