close

सहकारी र लघुवित्तको मोबाइल बैंकिङमार्फत टपअप गर्दा टिभीसम्मका पुरस्कार

टेकपाना टेकपाना

माघ १२, २०८० १४:६

सहकारी र लघुवित्तको मोबाइल बैंकिङमार्फत टपअप गर्दा टिभीसम्मका पुरस्कार

काठमाडौं । इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ एपका लागि टप-अपमा उपहार नामक योजना सुरु गरेको छ । सहकारी तथा लघुवित्तका सदस्यहरूले आफ्नो सहकारी तथा लघुवित्तको मोबाइल बैंकिङ एपमार्फत मोबाइल टप-अप गर्दा स्मार्ट टिभीसम्मका उपहार जित्न सक्नेछन् ।

सहकारी तथा लघुवित्तको मोबाइल बैंकिङ एप मार्फत नेपाल टेलिकम र एनसेल नम्बरमा टपअप गर्ने ग्राहकहरू यो योजनामा सहभागी हुन सक्ने छन् । जसअन्तर्गत उपहारमा यासुदा ब्रान्डको ३२ इन्चको टिभी, नोइज ब्रान्डको इअरबड्स, खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट-ब्यान्ड जित्न सकिनेछ ।

यो योजना ३१ चैतसम्म लागु हुने कम्पनीले जनाएको छ । यस योजनाका विजेताको घोषणा इन्फो डेभलपर्स र एम डबली मोबाइल बैंकिङको फेसबुक पेज मार्फत गरिनेछ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८० १४:६