काठमाडौं । टोखास्थित एसिया प्यासिफिक स्कुलमा ‘नवप्रवर्तन र उद्यमशीलता’ विषयवस्तुमा आधारित भएर कोडाथन नामक प्रदर्शनी सम्पन्न भएको छ । स्कुलले ई-लर्निङ प्लेटफर्म नीमाको कार्यक्रम स्किल्सअपसँग सहकार्य गर्दै १४ माघमा प्रदर्शनी आयोजना गरेको हो ।
प्रदर्शनीमा कक्षा चारदेखि आठमा अध्ययनरत विद्यार्थीले कोडिङ, एआई, रोबोटिक्स क्षेत्रमा तयार पारेका परियोजना प्रदर्शनीमा राखेका थिए । जसमा स्मार्ट एग्रिकल्चर अटो ग्रिनहाउस, रोडसेफ्टी प्रोजेक्ट विथ हेल्मेट/सिटबेल्ट डिटेक्सन, सोलार ट्र्याकर, एआई रिमोट डाक्टर, हेल्थकेयर च्याटबट, फोरेस्ट फायर डिटेक्सन सिस्टम लगायतका परियोजना थिए ।
कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो कल्पना र प्राविधिक सोचलाई मूर्त रुप दिन प्लेटफर्मको रूपमा काम गरेको स्कुलले जनाएको छ ।