close

४३० किमि रेञ्ज दिने ‘ओमोडा ई-फाइभ’ नेपाली बजारमा, मूल्य साढे ५९ लाख

टेकपाना टेकपाना

माघ १९, २०८० १२:२५

४३० किमि रेञ्ज दिने ‘ओमोडा ई-फाइभ’ नेपाली बजारमा, मूल्य साढे ५९ लाख

काठमाडौं । चिनियाँ सवारी निर्माता ओमोडा एन्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई-फाइभ नेपालमा सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै ओमोडाको आधिकारिक वितरक एसपीजी अटोमोबाइल प्रालिले यो गाडी सार्वजनिक गरेको हो ।

ओमोडाले ईभी अन्तर्गत मोडेल नाइन, मोडेल सेभेन र मोडेल फाइभ उत्पादन तथा बिक्री गर्दै आएको छ । जसमा कम्पनीले मोडेल नाइनलाई फ्ल्यागशिप, मोडेल सेभेनलाई इन्टेलिजेन्ट तथा लक्जरी र मोडेल फाइभलाई फेसन, ग्रिन एन्ड टेक मोडेलका रूपमा परिभाषित गरेको छ ।

कम्पनीले नेपालमा सुरुवाती चरणमा ई-फाइभको ४३० किलोमिटर डब्लूएलटीपी रेन्ज दिने मोडेल ल्याएको हो । ई-फाइभको लम्बाइ ४४२४ एमएम, चौडाइ १८३०, उचाइ १५५८ र ह्वीलबेस २६३० एमएम छ ।

यो कारको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । एक पटकको चार्जमा ४३० किलोमिटरसम्म रेञ्ज दिने बताइएकाे गाडीले शून्यदेखि १०० किलोमिटरको गति ९.२ सेकेन्डमै पकड्ने कम्पनीको दाबी छ ।

यसमा पाँच ओटा सिट रहेका छन् । त्यस्तै टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रति घण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ ।

कम्पनीका अनुसार ई-फाइभमा उच्च गुणस्तरको एलईडी हेडलाइट रहेको छ भने टी आकारको डे टाइम रनिङ लाइट समावेश छ । यसमा २४.६ इन्चको डुअल स्क्रिन छ । 'क्रोम सेप्ड' डोर ह्यान्डल, सोनी स्पिकर, सिम्पल वुडग्रेन डिजाइन यसका थप विशेषता हुन् ।

कम्पनीका अनुसार ओमोडा ई-फाइभमा सन रुफ समेत दिइएको छ । त्यस्तै यसमा २५६ कलर एम्बियन्ट लाइट समावेश गरिएको छ ।

इन्टेरियर कलर टोनका सन्दर्भमा यो गाडी ब्ल्याक इन्टेरियर र ब्लु ह्वाइट स्टिट्चिङ इन्टेरियटर कलर टोनमा उपलब्ध छ भने बाहिरपट्टि ह्वाइट, ब्ल्याक, रेड, ब्लु, अक्वाटिक ग्रिन, ग्रे र सिल्भर कलर भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ट्राफिक जाममा पनि सुरक्षित र आरामदायी यात्राका लागि गाडीमा ट्राफिक जाम असिस्टेन्ट (टीजेए) तथा रियर एक्रस ट्राफिक असिस्टेन्ट (आरसीटीए) समावेश गरिएको छ । गाडीमा भएका विभिन्न सेन्सरले गाडीको अगाडि, पछाडि, दायाँ वा बायाँ कुनै वस्तु ठोक्किन आए तुरुन्त अलर्ट दिने कम्पनीले उल्लेख गरेको छ ।

यसमा कम्पनीले छ ओटा एयर ब्याग दिएको छ । लेन किपिङ असिस्टेन्ट, डिपार्चर रिमाइन्डर, आईईएस, फ्रन्ट कोलाइजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक जाम एभोइडेन्स असिस्टेन्ट, डोर ओपन वार्निङ गाडीमा भएका सेफ्टी फिचरहरू हुन् ।

कम्पनीका अनुसार यो गाडीले ईयू फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड र चाइना फाइभ स्टार सेक्युरिटी स्ट्यान्डर्ड प्राप्त गरेको छ ।

६१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको गाडीमा कम्पनीले ९९ किलोवाट क्षमताको फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर उपलब्ध गराएको छ ।

फास्ट चार्जर (८० किलोवाट चार्जर)मार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको भनाइ छ । ११ किलोवाटले भने यो गाडीलाई चार घण्टामा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ । कम्पनीका अनुसार हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ ।

नेपाली बजारमा यो कारको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको छ । 

चेरी अटोमोबाइलले विभिन्न छ प्लेटफर्ममा गाडी निर्माण गर्दै आएको छ । जसअन्तर्गत ईभीका लागि कम्पनीले प्रोफेसनल न्यू इनर्जी प्लेटफर्म र प्रोफेसनल प्योर इलेक्ट्रिक प्लेटफर्म प्रयोग गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १३:२१