close

भ्यालेन्टाइन अफरः अल्टिमा इयरबडमा ११०० र स्मार्टवाचमा २००० छुट

टेकपाना टेकपाना

माघ २५, २०८० १६:३१

भ्यालेन्टाइन अफरः अल्टिमा इयरबडमा ११०० र स्मार्टवाचमा २००० छुट

 

काठमाडौं । अल्टिमाले भ्यालेन्टाइन विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ३४९९ रुपैयाँ पर्ने बुम १४१ एएनसी इयरबडमा आकर्षक छुट सहित २३९९ रुपैयाँमै खरिद गर्न सकिने अफर ल्याएको हो ।

चार महिनाअघि सार्वजनिक भएको इयरबड हालसम्म आठ हजारभन्दा बढी युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । त्यस्तै अल्टिमा वाच सर्कल १५ दिनमै अनलाइन माध्यममा चार हजार युनिट बिक्री भइसकेको उल्लेख छ ।

भ्यालेन्टाइन्स अफरको रूपमा ग्राहकले बुम १४१ एएनसी इयरबड २३९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् । यसमा एक्टिभ नोइज क्यान्सिलेसन प्रविधि, ३० डीबीसम्मको नोइज रिडक्सन र ट्रान्सपरेन्सी मोड जस्ता फिचर रहेका छन् ।

इन्भाइरोमेन्टल नोइज क्सान्सिलेसन सहित ४५ घण्टाको प्लेटाइम, १३ एमएम डाइनामिक ड्राइभर र क्वाड माइक जस्ता विशेषता समेत यसमा पाउन सकिनेछ । अफर अन्तर्गत अल्टिमा वाच सर्कल भने ३९९९ रुपैयाँमै खरिद गर्न सक्ने बताइएको छ ।

जसको बजार मूल्य पाँच हजार ९९९ रुपैयाँ रहेको छ । यसमा १.४३ इन्चको एमोलेड डिस्प्ले, ब्लुटुथ कलिङ, आईपी ६८ वाटरप्रुफ रेटिङ, जिङ्क एलोय मेटल फ्रेम, ८०० निटको उच्चतम ब्राइटनेस, फास्ट चार्जिङ र कम्प्रिहेन्सिभ हेल्थ मनिटरिङ फिचर रहेका छन् ।

यद्यपि यो अफर इयरबडका लागि सुरुवाती ५०० र वाचका लागि पहिलो २०० अर्डरमा मात्र लागू हुने कम्पनीले जनाएको छ । यो अफर सीमित अवधिका लागि मात्र मान्य हुनेछ । अल्टिमाका स्मार्टवाच र इयरबड नेपालका सबैजसो अनलाइन र अफलाइन प्लेटफर्ममा उपलब्ध रहेका छन् । 

पछिल्लो अध्यावधिक: माघ २५, २०८० १६:३१