close

बिजुली कार किन्दा सुनको हार र स्कुटर किन्दा हिराको औंठी उपहार पाइने !

टेकपाना टेकपाना

फागुन १, २०८० १५:१२

बिजुली कार किन्दा सुनको हार र स्कुटर किन्दा हिराको औंठी उपहार पाइने !

काठमाडौं । बज्र ग्रुपको अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले भ्यालेन्टाइन स्किम ल्याएको छ, जसमा बिजुली कार किन्दा सुनको हार र स्कुटर किन्दा हिराको औंठी उपहार पाइने भएको छ ।

यसअन्तर्गत वुलिङ कार (Wuling Air EV) किन्दा सुनको हार र लेभ्निङ इलेक्ट्रिक स्कुटर (Lvneng Electric Scooter) किन्दा ग्राहकले हिराको औंठी उपहार पाइने कम्पनीले जनाएको छ ।

सीमित समयका लागि ल्याइएको यो स्किम अन्तर्गत सुनको हार पाउन २०० किलोमिटर वा ३०० किमि रेन्ज दिने वुलिङ एयर ईभी खरिद गर्नुपर्छ ।कम्पनीले यसमा दुई ओटा एयर ब्याग, एबीएस (एन्टिलक ब्राकिङ सिस्टम), ईबीडी (इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन), टीपीएमएस (टायर प्रेसर मनिटरिङ सिस्टम) र हिल होल्ड प्रणाली जडान गरेको छ । त्यस्तै यो मोडेलमा ड्रम ब्रेक पनि उपलब्ध छ ।

ग्राहकले नक्साल वा भैंसेपाटी शोरुममा गई यो कार खरिद वा बुक गर्न सक्नेछन् । गाडीमा आठ वर्षको वारेन्टी दिइएको छ भने कम्पनीले फाइनान्स र एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ ।

यता लेभ्निङ स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ । यसअन्तर्गत स्कुटरको मूल्य एक लाख १५ हजारदेखि सुरु हुने कम्पनीले जनाएको छ ।​कम्पनीका अनुसार स्कुटरमा दुई वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ । कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १, २०८० १५:२८