close

सीजीले ल्यायो ५०० किमि रेन्ज दिने नयाँ ईभी ‘आयोन वाई’, मूल्य ५५ लाख

टेकपाना टेकपाना

फागुन १, २०८० १७:२९

सीजीले ल्यायो ५०० किमि रेन्ज दिने नयाँ ईभी ‘आयोन वाई’, मूल्य ५५ लाख

काठमाडौं । नेपाली बजारमा चिनियाँ ईभी ब्राण्ड 'आयोन' भित्रिएको छ । जीएसी मोटर्सको यस ब्राण्डलाई चौधरी ग्रुपले नेपाली बजारमा ल्याएको हो । राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै सीजी मोटर्सले ‘आयोन वाई’ मोडेलको कार सार्वजनिक गरेको छ ।

यसको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरिएको छ ।

कम्पनीका अनुसार यो कारले अधिकतम ५०० किलोमिटरसम्मको रेन्ज दिन्छ, जसका लागि ६१.५४ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री दिइएको छ ।

त्यस्तै यसमा १०० किलोवाटको अधिकतम पावर दिने तथा २२५ एनएम पिक टर्क उत्पादन गर्ने मोटर रहेको छ । यो गाडीलाई ७.९ सेकेन्डमा शुन्यदेखि १०० किमि प्रति घण्टाको गतिमा कुदाउन सकिने कम्पनीले जनाएको छ । 

त्यस्तै यसको लम्बाइ ४५३५ एमएम, चौडाइ १६७० एमएम र उचाइ १६५० एमएम रहेको छ । यसमा होलबेस २७५० एमएम र ग्राउन्ड क्लियरेन्स १८३ एमएम रहेको छ ।

युवा तथा प्राविधिक ज्ञान भएका उपभोक्ताहरूलाई लक्षित गर्दै ल्याइएको यस गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चकाे टच स्क्रिन डिस्प्ले, ३६० एचडी भ्यू क्यामेरा सिस्टम, एडभान्स्ड ड्राइभर-एसिस्टेन्स सिस्टम (एडीएएस) लगायत समावेश छन् ।

पछिल्लो अध्यावधिक: फागुन १, २०८० १८:४