close

धुलिखेलमा भोलि ड्रोन उडाउने प्रतियोगिता हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

फागुन ४, २०८० १५:४७

धुलिखेलमा भोलि ड्रोन उडाउने प्रतियोगिता हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । शनिवार (भोलि ) धुलिखेलको डर्ट टेम्पलमा फर्स्ट पर्सन भ्यू (एफपीभी) ड्रोन रेस आयोजना हुने भएको छ । गरुड एक्सको आयोजनामा नेपाल ‘ड्रोन रेसिङ लिग २०२४’ नामक ड्रोन रेस प्रतियोगिता हुन लागेकाे हाे ।

यस प्रतियोगितामा १६ वर्ष माथिका ड्रोन पाइलट सहभागी हुन सक्नेछन् । सहभागी पाइलटले ड्रोन आफ्नै ल्याउनु पर्नेछ ।

यस कार्यक्रमले ड्रोन रेस बाहेक एरियल सिनेमाट्रोग्राफी, जियो म्यापिङ, उद्दार कार्य, कृषि लगायतका अन्य क्षेत्रहरूको सम्भावना खोल्ने आयोजककाे विश्वास छ ।

नि:शुल्क सहभागिता जनाउन सकिने कार्यक्रम प्रतियोगिता मात्र नभएर नवप्रवर्तन र ड्रोन क्षेत्रको समुदायलाई विकास गर्ने माध्यम हुने आयोजकको भनाइ छ ।

कार्यक्रममा सहभागी हुन तथा थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८० १५:५५