close

‘अनर एक्स नाइन बी’ स्मार्टफोन भारतमा भन्दा नेपालमा सस्तो !

टेकपाना टेकपाना

फागुन ४, २०८० १७:२१

‘अनर एक्स नाइन बी’ स्मार्टफोन भारतमा भन्दा नेपालमा सस्तो !

 

काठमाडौं । नेपालमा आयात हुने अधिकांश स्मार्टफोनहरू भारतीय बजारमा भन्दा महँगो हुने गर्दछन । एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा महँगो हुने गर्छ । हालै नेपाली बजारमा उपलब्ध ‘अनर एक्स नाइन बी’ भने भारतीय बजारको भन्दा सस्तो भएको पाइएको छ । 

यो फोन नेपालमा एक महिनाअगाडि २१ जनवरीमा सार्वजनिक भएको थियो । भारतमा भने बिहीबार (१५ फेब्रुअरी) मा मात्रै सार्वजनिक भएको हो । 

नेपाली बजारमा यो फोन १२ जीबी तथा २५६ जीबी स्टोरेजमा उपलब्ध छ, जसको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ । भारतमा भने ८ जीबी तथा २५६ जीबी स्टोरेजमा उपलब्ध फोनको मूल्य २५,९९९ भारु तोकिएको छ, जुन नेपाली रु. ४१,६०० पर्न जान्छ । 

यसबाहेक, नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा पाउन सक्छन् जहाँ भारतमा भने दुईवटा विकल्प छन् ।

‘‘स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिन्छ र भविष्यमा पनि यस्तै हुने हो भने भारतबाट स्मार्टफोन किन्ने प्रवृत्तिमा परिवर्तन आउनेछ र नेपालबाट फोन किन्न मानिसहरूलाई प्रोत्साहन मिल्नेछ,’’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०८० १५:४१