close

‘ह्वाट्सएपमा आउने शंकास्पद मेसेज तथा कललाई विश्वास गरी कुनै किसिमको आर्थिक कारोबार नगर्नू’

टेकपाना टेकपाना

फागुन १०, २०८० १७:२३

‘ह्वाट्सएपमा आउने शंकास्पद मेसेज तथा कललाई विश्वास गरी कुनै किसिमको आर्थिक कारोबार नगर्नू’

 

काठमाडौं । साइबर ब्यूरोले इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएपमा आएका भ्रामक मेसेज विश्वास नगर्न सुझाव दिएको छ । पछिल्लो समय विदेशी नम्बरबाट नेपालका विशिष्ट व्यक्तिको नाम र फोटो राखी आर्थिक लाभ लिने आपराधिक गतिविधि बढेको भन्दै ब्यूरोले त्यस्ता अकाउन्टमा विश्वास नगर्न सुझाव दिएको हो । 

फोन नम्बर प्रयोग भई खोलिएका ह्वाट्सएप आईडीमा नेपालका विशिष्ट व्यक्तिको तस्वीर दुरुपयोग गरी त्यस्ता आईडीबाट आर्थिक लाभ लिने उद्देश्यले मानिस अपहरण गर्ने भनी फिरौती माग गर्ने, धम्काउने, गैरकानूनी कार्य गर्ने जस्ता गतिविधि पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ,” ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले आम जनमानसमा यस्ता भ्रामक ह्वाट्सएप म्यासेज तथा फोनमा विश्वास नगर्नुका साथै कुनै किसिमको आर्थिक कारोबार समेत नगर्नु नगराउनु हुन नेपाल प्रहरी साइबरब्यूरो सबैमा अनुरोध गर्दछ ।”

विशेषगरी बैंक तथा वित्तीय संस्थाका उच्चपदस्थ व्यक्तिको फोटो राखेका घटना आएपछि ती संस्थाहरूले विज्ञप्तिमार्फत पनि त्यस्ता अकाउन्टमा विश्वास नगर्न अनुरोध गर्दै आएका छन् ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८० १७:२३