close

काठमाडौं विश्वविद्यालयमा आउँदो फागुन २९ र ३० मा ‘आविष्कार २४’ हुँदै, केके छन् आकर्षण ?

टेकपाना टेकपाना

फागुन १३, २०८० १२:४५

काठमाडौं विश्वविद्यालयमा आउँदो फागुन २९ र ३० मा ‘आविष्कार २४’ हुँदै, केके छन् आकर्षण ?

 

काठमाडौं । काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लब (केयूआरसी)ले यही २९ र ३० फागुनमा पाँचौं संस्करणको ‘आविष्कार २४’ कार्यक्रम गर्ने भएको छ । रोबोटिक्स क्षेत्रमा भएका नयाँ प्रगतिहरूबारे जानकारी दिने तथा यस क्षेत्रको नवप्रवर्तनलाई बढावा दिने उद्देश्यसहित याे कार्यक्रम हुन लागेको हो ।

धुलिखेलस्थित विश्वविद्यालय परिसरमा हुने ‘आविष्कार २४’ मा अक्वाबट, आइडियाथन, हार्डवेयर लगायतका पाँच विषयमा प्रतियोगिता हुनेछ । त्यस्तै ४० बढी विद्यार्थी परियोजनाको प्रदर्शनी तथा विभिन्न विषयमा कार्यशाला समेत हुने आयोजकले जनाएको छ ।

देशभरबाट ३० भन्दा बढी विद्यालय र कलेजका प्रतिनिधि सहभागी हुने कार्यक्रममार्फत रोबोटिक्सप्रति रुचि राख्ने जोकोहीलाई फाइदा पुग्ने बताइएको छ ।

कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०८० १२:४५