close

युट्युबलाई टक्कर दिने दाउमा एलन मस्क, अब एक्सका लामा आकारका भिडिओ टिभीमा हेर्न सकिने

टेकपाना टेकपाना

फागुन २६, २०८० १६:१

युट्युबलाई टक्कर दिने दाउमा एलन मस्क, अब एक्सका लामा आकारका भिडिओ टिभीमा हेर्न सकिने

काठमाडौं । अब सामाजिक सञ्जाल एक्सका लामा आकारका भिडिओ स्मार्ट टेलिभिजनमा समेत उपलब्ध हुने भएको छ । कम्पनीका मालिक एलन मस्कले एक्समा एक पोस्ट राख्दै यो फिचर चाँडै उपलब्ध हुने जानकारी दिएका हुन् । 

उनले उक्त पोस्टमा एक्सका लामो‍‍ आकारका भिडिओहरू सिधा स्मार्ट टिभीबाट हेर्न सकिने फिचर ‘चाँडै आउने’ लेखेका छन् । सामाजिक सञ्जाल एक्सले अर्को हप्ता अमेजन र सामसङ प्रयोगकर्तालाई लक्षित गर्दै टिभी एप ल्याउन लागेकाे फर्च्युन म्यागजिनले उल्लेख गरेकाे छ ।

एक्सको यो एप गुगलको टिभी एपसँग मिल्दोजुल्दो हुनसक्ने अनुमान छ । मस्क युट्युबसँग प्रतिस्पर्धा गर्न तयार भएको चर्चा अन्तर्राष्ट्रिय मिडियामा यसअघि भएको थियो । 

‘भिडिओ फर्स्ट प्लेटफर्म’ बन्न एक्सले पूर्व फक्स कमेन्टेटर टकर कार्ल्सन र पूर्व सीएनएन एङ्कर डन लेमनसँग सहकार्य थालिसकेको छ । मस्कले विशेष गरेर एक्सलाई मेसेजिङदेखि पियर-टू-पियर लेन्डिङसम्मका सेवा दिने गरी सुपर एप बनाउने लक्ष्य लिएका छन् । त्यही अनुसार यो फिचर आउन लागेको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८० १६:३