close

सेरेस ईभीको नयाँ शोरुम नक्सालमा

टेकपाना टेकपाना

फागुन २६, २०८० १६:४१

सेरेस ईभीको नयाँ शोरुम नक्सालमा

काठमाडौं । नक्सालमा सेरेस ईभीको नयाँ शोरुम सञ्चालनमा आएको छ । सेरेसको नेपालस्थित आधिकारिक बिक्रेता एमएडब्लू वृद्दि अटोकर्पले हालै नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

यस शोरुममा विशाल एलईडी डिस्प्ले, सेरेसका पछिल्ला ईभी मोडेल, परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुने बताइएको छ । नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र ईभीको बढ्दो मागलाई पूर्ति गर्न यो शोरुमको महत्त्वपूर्ण भूमिका हुने कम्पनीको विश्वास छ ।

सेरेसले यसअघि नै पानीपोखरी (काठमाडौं) , ललितपुर, पोखरा र बुटवलमा शोरुम सञ्चालनमा ल्याइसकेको छ । चाँडै नै बिर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा शोरुम खोल्ने कम्पनीको योजना छ ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०८० १६:४१