close

कोपाइलट प्रो विश्वभर उपलब्ध, मासिक शुल्क २० डलर

टेकपाना टेकपाना

चैत ३, २०८० १९:६

कोपाइलट प्रो विश्वभर उपलब्ध, मासिक शुल्क २० डलर

काठमाडौं । माइक्रोसफ्टको एआई टुल कोपाइलट प्रो विश्वभर उपलब्ध भएको छ । कम्पनीले २२२ देश र विभिन्न आठ भाषामा यो प्रिमियम संस्करण उपलब्ध गराएको हो ।

कोपाइलट प्रो माइक्रोसफ्ट ३६५ का ग्राहकका लागि विशेष लक्षित गरिएको कम्पनीले जनाएको छ । यसको मतलब वर्ड, एक्सल, वन नोट, आउटलुक र पावरपोइन्टमा समेत कोपाइलट प्रयोग गर्न सकिनेछ ।

यो सब्स्क्रिप्सन लिएपछि प्रयोगकर्ताले अत्यधिक ट्राफिक हुने समयमा समेत पहुँच पाउने बताइएको छ । त्यस्तै उनीहरूले तस्वीर तयार पार्ने एआई टुलको थप सुविधा विशेषगरी हाई क्वालिटीको फोटो र ल्यान्डस्केप मोडको फोटोमा पनि पहुँच पाउनेछन् । साथै प्रो प्लान प्रयोग गरी प्रयोगकर्ताले आफ्नै एआई टुल बनाउनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसको शुल्क मासिक २० डलर तोकेको छ । माइक्रोसफ्ट ३६५ सब्सक्रिप्सन लिएका प्रयोगकर्ताले भने थप शुल्क तिर्नुपर्दैन । त्यस्तै कोपाइल प्रो प्रयोगकर्ताले पछिल्ला ल्याङ्ग्वेज मोडेलहरूसँगै एन्ड्रोइड र आईफोन एपमा समेत प्राथमिकता पाउनेछन् । त्यस्तै आईओएस र एन्ड्रोइड एप इन्स्टल गर्दा एक महिनाको निःशुल्क ट्रायलको सुविधा पाउनेछन् ।

सब्स्क्रिप्सन खरिद गर्दा प्रायोरिटी एक्सेस, नयाँ एआई मोडेलमा पहुँच, टर्बो मोड, नयाँ फिचरमा प्राथमिकता र अन्य सुविधा पाइने बताइएको छ । प्रयोगकर्तालाई कोपाइल प्रोले पाठ संक्षेप, ईमेलहरू ड्राफ्ट गर्ने र प्रम्प्टहरूसँग प्रस्तुतिकरणहरू सिर्जना गर्ने जस्ता सुविधाहरूमा पहुँच दिन्छ ।

कोपाइलट प्रोको आगमनसँगै च्याटजीपीटी प्लस र गुगल वन एआई प्रिमियम जस्ता प्रतिस्पर्धीलाई चुनौती पुग्ने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: चैत ३, २०८० १९:७