close

एआईले अब गुगल सर्च रिजल्टमै सारांश देखाउने

टेकपाना टेकपाना

चैत १३, २०८० १२:२३

एआईले अब गुगल सर्च रिजल्टमै सारांश देखाउने

काठमाडौं । गुगलले डिफल्ट रूपमै सर्च रिजल्टमा एआईले तयार पारेको सारांश उपलब्ध गराउने भएको छ । गत वर्ष घोषणा गरिएको सर्च जेनेरेटिभ एक्सपिरियन्स (एसजीई) लाई कम्पनीले डिफल्ट रूपमा उपलब्ध गराउने भएको हो । 

सर्च इन्जिन ल्यान्डका अनुसार कम्पनीले सुरुवाती चरणमा यो फिचर अमेरिकाका केही सीमित प्रयोगकर्तामाझ ल्याएर परीक्षण गरिरहेको छ ।  गुगलको एसजीई साइनअप नगरेका प्रयोगकर्ताको डिभाइसमा पनि यो फिचर उपलब्ध भएको सर्च इन्जिन ल्यान्डले उल्लेख गरेको छ । 

अहिले उक्त सर्च ल्याब प्रयोग गर्न कुनै जानकारी खोजेर ‘सर्च ल्याब’को आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि गुगलले सारांश आवश्यक हुने प्रश्नको जवाफ उक्त सर्च ल्याबबाट दिन्छ ।

उदाहरणका लागि अहिले ‘How to repair phone’ सर्च गर्नुभयो भने उक्त विषयसँग सम्बन्धित वेबपेजको लिङ्क देखिन्छ । त्यसमध्ये प्रयोगकर्ता आफैंले उपयुक्त हुने वेबपेज छान्नुपर्ने हुन्छ । तर, सर्च ल्याब प्रयोग गर्नुभयो भने सबै लिङ्कहरू एक-एक गरी खोज्नुपर्ने हुँदैन । यससँगै तपाईंले खोजेको जानकारी गुगल सर्चको पहिलो पेजमै देखिनेछ । 

अहिले परीक्षणकै चरणमा यो फिचरलाई डिफल्ट बनाएर प्रयोगकर्ताको प्रतिक्रिया बुझिरहेको गुगलले जनाएको छ । तर, सर्च इन्जिन अप्टिमाइजेसनमा निर्भर हुने वेबसाइटलाई भने यो फिचरले प्रभावित पार्नेछ । किनभने यसअघि जुन जानकारी पाउन प्रयोगकर्ता वेबपेज खोल्थे, यो फिचर आएसँगै त्यसरी परम्परागत तरिकाले जानकारी खोज्नु पर्दैन ।

तथ्य जाँच गर्न, सो विषयको विस्तृत अध्ययन गर्न वा अन्य प्रयोजनका लागि भने प्रयोगकर्ता वेबपेज भिजिट गर्न सक्छन् । तर, ट्राफिक ल्याएर आम्दानी गरिरहेका वेबसाइट सञ्चालक भने मारमा पर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १३:९