close

मोबाइलको ब्यालेन्स सकियो ? नेपाल टेलिकमबाट यसरी लिनुहोस् २० रुपैयाँ सापटी

टेकपाना टेकपाना

चैत १३, २०८० १७:३२

मोबाइलको ब्यालेन्स सकियो ? नेपाल टेलिकमबाट यसरी लिनुहोस् २० रुपैयाँ सापटी

काठमाडौं । कहिलेकाहीँ भोइस प्याक छ भनेर मस्तले कुराकानी गरिरहेका हुन्छौं, तर मेन ब्यालेन्स सकिसकेको हुन्छ । अनि मोबाइल रिचार्ज गर्न आफूसँग इन्टरनेट सुविधा वा नजिकै पसल नहुन सक्छ । तत्कालै मोबाइलमा ब्यालेन्स राख्न नपाउँदा सहयोगी हुनसक्छ, दूरसञ्चार सेवाप्रदायकले दिने सापटी ।

निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भए ४० रुपैयाँ सापटी दिने गरेको छ ।

त्यस्तै सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि मेन ब्यालेन्स पाँच रुपैयाँभन्दा कम हुँदा ‘नमस्ते क्रेडिट’ भनेर सापटी दिने गरेको छ । आज हामी टेलिकमबाट सापटी लिने तरिकाबारे जानकारी दिँदै छौं:

-सबैभन्दा सुरुमा *१४७७# डायल गर्नुहोस् ।

-त्यहाँ तीन ओटा विकल्प देखिन्छन् । ती मध्ये पहिलो एक नम्बरको विकल्प छनोट गर्नुहोस् । 

उक्त विकल्प छनोट गरेपछि तपाईंले नेपाल टेलिकमबाट सापटी रकम पाउनुहुन्छ । 

यसबाहेक पनि तपाईंले १४७७ मा START टाइप गरेर मेसेज गरी सापटी रकम लिन सक्नुहुन्छ । आफ्नो क्रेडिट अवस्था थाहा पाउन १४७७ मै STATUS र यो सेवा बन्द गर्न १४७७ मै STOP टाइप गर्नुपर्छ । 

यसरी ‘नमस्ते क्रेडिट’ लिँदा कम्पनीले कुनै पनि कर अथवा अन्य शुल्क नलिने बताएको छ । यो सेवा तीन महिना अवधि पुगेका प्रिपेड मोबाइल ग्राहकका लागि मात्र लागू हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८० १७:४४