close

नेपाल एसबीआई बैंकको मोबाइल बैंकिङ एप ‘मेरो साथी’ बन्द

टेकपाना टेकपाना

चैत १९, २०८० ११:३२

नेपाल एसबीआई बैंकको मोबाइल बैंकिङ एप ‘मेरो साथी’ बन्द

काठमाडौं । नेपाल एसबीआई बैंकको मोबाइल बैंकिङ एप ‘मेरो साथी’ बन्द भएको छ । बैंकले सोमबार सामाजिक सञ्जालमा पोस्ट राख्दै एप बन्द भएको जानकारी दिएको हो ।

पोस्टमा बैंकले यसअघि सञ्चालनमा आएको ‘मेरो साथी’ एपलाई विस्थापित गर्दै थप सुरक्षित र अत्याधुनिक एप ‘योनो नेपाल एसबीआई’ सञ्चालन गर्न लागेको जनाएको छ । बैंकका अनुसार ‘मेरो साथी’ एप क्रमिक रूपमा मिति आगामी वर्ष १८ बैशाखसम्म विस्थापित हुनेछ ।

त्यसका लागि बैंकले आफ्ना प्रयोगकर्तालाई ‘योनो नेपाल एसबिआई (YONO NEPAL SBI)’ एप डाउनलोड गरी दर्ता गर्न अनुरोध गरेको छ ।

बैंकले ग्राहकको सुविधाका लागि ‘योनो नेपाल एसबीआई’ सम्बन्धी स्व-दर्ता म्यानुअल (User Manual for Self-Registration) पनि उपलब्ध गराएको छ । यहाँ क्लिक गरी बैंकको वेबसाइटमा गएर म्यानुअल डाउनलोड गर्न सकिनेछ । 


 

पछिल्लो अध्यावधिक: चैत १९, २०८० ११:३८