close

विदेशमा रहेका नेपालीको समस्या सम्बोधन गर्न अनलाइन प्रणाली सुरुवात

टेकपाना टेकपाना

चैत २२, २०८० १२:५६

विदेशमा रहेका नेपालीको समस्या सम्बोधन गर्न अनलाइन प्रणाली सुरुवात

काठमाडौं । कन्सुलर सेवा विभागले विदेशमा बस्ने नेपालीहरूको समस्या तथा गुनासो सम्बोधन गर्न नयाँ अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । बिहीवार विभागमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यो प्रणालीको उद्घाटन गरे । 

यो प्रणालीमार्फत सेवाग्राहीले आफ्नो समस्या तथा गुनासो सम्बन्धित दूतावास वा कुटनीतिक नियोगमा सहजै दर्ता गर्न सकिने बताइएको छ । 

विभागका अनुसार जुनसुकै देशमा भएका नेपालीले आफ्नो राहदानी नम्बर र जन्म मिति प्रयोग गरी यो प्रणालीमार्फत नजिकको नेपाली दूतावास वा नियोगको वेबसाइटमार्फत आफ्नो समस्या वा गुनासो राख्न सक्नेछन् । उक्त समस्याको कार्य प्रगतिको बारेमा समेत  सेवाग्राही स्वयम्‌ले राहदानी नम्बरमार्फत जानकारी पाउन सक्ने बताइएको छ । 

पछिल्लो अध्यावधिक: चैत २२, २०८० १३:४