close

१६ जीबीसम्म र्‍याम बढाउन मिल्ने सस्तो मूल्यको इन्फिनिक्स स्मार्टफोन नेपाल आउँदै

टेकपाना टेकपाना

चैत २३, २०८० १४:१३

१६ जीबीसम्म र्‍याम बढाउन मिल्ने सस्तो मूल्यको इन्फिनिक्स स्मार्टफोन नेपाल आउँदै

काठमाडौं । नेपाली बजारमा चाँडै नै इन्फिनिक्स हट ४० आई स्मार्टफोन आउने भएको छ । सस्तो मूल्यमा स्टोरेज र पर्फमेन्स खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो फोन सार्वजनिक गर्न लागेको हो ।

इन्फिनिक्स हट ४० आईमा ९० हर्ज रिफ्रेस रेटसहित ६.५६ इन्च पन्च होल आईपीएस एलसीडी डिस्प्ले रहेको छ । ७२०*१६१२ पिक्सेल रेजोलुसन भएको यो फोनले ४८० निट्ससम्मको ब्राइटनेस दिन्छ । 

यो फोन एन्ड्रोइड १३ मा आधारित एक्सओएस १३ बाट सञ्चालित छ । कम्पनीले यसमा युनिसक टी६०६ (१२ एनएम) चिपसेट राखेको छ ।

त्यस्तै यसमा ५० मेगापिक्सेलको एआई क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा कम्पनीले १८ वाटको चार्जर उपलब्ध गराएको छ । यसका लागि रिभर्स चार्जिङ सहित टाइप-सी चार्जर उपलब्ध गराइएकाे छ । 

नेपाली बजारमा फोनकाे मूल्य ४/१२८ जीबी भेरियन्टकाे १४,९९९ रुपैयाँ, ८/१२८ जीबी भेरियन्टकाे १७,४९९ रुपैयाँ र ८/२५६ जीबी भेरियन्टकाे १९,९९९ रुपैयाँ कायम हुने अनुमान छ । 

कम्पनीका अनुसार ८ जीबी र्‍याम भेरियन्टमा थप ८ जीबी भर्चुअल र्‍याम र ४ जीबी र्‍याम भेरियन्टमा थप ४ जीबी भर्चुअल र्‍याम राख्न मिल्छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०८० १४:२२