close

नेपाली कम्पनीले बनाएको एआई प्रडक्ट ‘रिरि’ अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन

टेकपाना टेकपाना

चैत २५, २०८० ११:३५

नेपाली कम्पनीले बनाएको एआई प्रडक्ट ‘रिरि’ अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन

काठमाडौं । प्रिक्सा टेक्नोलोजिजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट 'रिरि' वेब समिट कतार २०२४ मा प्रदर्शन गरिएको छ । केही समयअघि कतारकाे दोहामा भएको विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्साले पनि रिरि प्रदर्शन गरेको हो ।

विश्वभरका इन्डष्ट्री लिडर, उद्यमी र इनाेभेटरबीचमा नेपाली एआई प्रडक्ट रिरि प्रर्दशन गर्न पाउनु गौरवको विषय भएको प्रिक्साका निर्देशक अनिरूप घिमिरेले बताए । ‘‘वेब समिट कतारमा नेपालमै बनेको एआई रिरि शोकेस गर्नु पाउनु नेपालको लागि गर्वको विषय हो,’ उनले भने, ‘यसले एआईको भविष्यलाई एउटा आकार दिन र एआई प्रविधिको सबैको पहुँचमा पुर्‍याउने प्रिक्साको प्रतिबद्धतामा थप हौसला मिलेको छ ।’

उक्त समिटमा रिरिलाई अवलोकनकर्ताको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । समिटमा प्रिक्साबाट निर्देशक घिमिरे र मार्केटिङ प्रमुख राजन काफ्लेले प्रतिनिधित्व गरेका थिए ।

रिरि नयाँ पुस्ताको एउटा कन्भरसेसनल एआई हो । यसमा प्रयोग भएको नेचुरल ल्याङ्वेज प्रोसेसिङ र मेसिन लर्निङ एल्गोरिदमले कठिन प्रश्नहरू बुझेर प्रतिक्रिया प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।​ कम्पनीका अनुसार रिरिले प्रयोगकर्ता अनुसार कुराकानीको शैली परिवर्तन गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: चैत २५, २०८० ११:३५