close

जिमेलमा अब एआईले नै ईमेल लेखिदिने

टेकपाना टेकपाना

चैत २८, २०८० १५:४९

जिमेलमा अब एआईले नै ईमेल लेखिदिने

काठमाडौं । अब जिमेलमा एआईले नै ईमेल लेखिदिने भएको छ । गुगल वर्कस्पेसका ग्राहकलाई कम्पनीले ईमेलमा हेल्प मी राइट जस्तै एआई टुल उपलब्ध गराउने भएको हो ।

हेल्प मी राइट एउटा जेनेरेटिभ एआई फिचर हो, जसले प्रयोगकर्तालाई प्रोम्ट (लिखित निर्देशन) राखेकै भरमा ईमेलको ड्राफ्ट अर्थात् मस्यौदा तयार पारिदिन्छ । के लेख्ने भन्ने तपाईंको टाउकको बोझ यसले लिएर आफैं ईमेल लेख्ने प्रयास गर्छ र त्यसपछि उक्त ड्राफ्टलाई तपाईंले एक मिनेट समय दिएर अन्तिम रूप दिन सक्नु हुन्छ ।

तपाईंलाई टाइपिङमा थोरैभन्दा थोरै समय लागोस् भनेर अझ धेरै सहजता चाहिन्छ भने जिमेलमा हेल्प मी राइट फिचरका लागि भ्वाइस प्रोम्ट अर्थात् बोलेरै अह्राउन सकिने फिचर पनि आउँदैछ । हेल्प मी राइटमा उपलब्ध हुने भ्वाइस प्रोम्टको मद्दतमा तपाईंले जिमेलका लागि लिखित प्रोम्ट तयार पार्न लगाउन सक्नु हुनेछ ।

त्यसपछि जिमेलले वर्कस्पेसका लागि गुगल जेम्नाई प्रयोग गरी तपाईंको ईमेल तयार पार्नेछ । जुन अहिलेसम्मकै थोरै टाइपिङ गरेकै भरमा सम्पन्न हुनेछ । हेल्प मी राइटमा इन्स्टेन्ट पोलिस फिचर समेत थपिंदैछ, जसले तपाईंको खेस्रा ईमेल लिएर पठाउन योग्य हुने किसिमको ईमेलको रूपमा सुधार गरिदिनेछ ।

माथिको स्क्रिनशट हेर्नु भयो भने यसले टुक्रिएको वाक्यलाई पूरा गरिदिएको, हिज्जे सच्याइदिने, व्याकरण सुधारिदिने र वाक्य संरचनाका साथै व्यवस्थित एवं पठनीय बनाएको देख्न सक्नु हुनेछ । जिमेलको हेल्प मी राइट फिचरको भ्वाइस प्रोम्ट केवल मोबाइल र गुगल वर्कस्पेस ग्राहकका लागि मात्र उपलब्ध छ । आगामी दिनमा हेल्प मी राइट वर्कस्पेस ल्याब प्रोग्राममार्फत समेत प्रयोग गर्न सकिनेछ ।

यो फिचरमा पहुँच पाउन तपाईंले गुगलका प्रारम्भिक चरणमा रहेका उत्पादन परीक्षण गर्नका साइन अप गर्नुपर्ने हुन्छ । यसैगरी अङ्ग्रेजी भाषाका साथै तपाईं यो फिचर उपलब्ध देशमा रहेको पनि हुनुपर्छ । यदि तपाईं वर्कस्पेस प्रयोगकर्ता होइन भने तपाईंले हालका लागि यी फिचरमा पहुँच पाउन सक्नु हुन्न ।

जिमेलका उपभोक्ताहरूका लागि यो फिचर भविष्यमा उपलब्ध हुने आशा भने गर्न सकिन्छ । गुगलका अनुसार जिमेलको हेल्प मी राइट फिचर वास्तवमै लोकप्रिय रहेको छ र यसको प्रयोग गर्ने ७० प्रतिशत इन्टरप्राइज प्रयोगकर्ताले जेमिनाईको सुझाव समेत लिने गरेका छन् । जुन आत्मसाथ गर्ने सन्दर्भमा राम्रो दर हो र उपभोक्ताले यो एआईको फाइदा लिनेमा दुविधा छैन । 

पछिल्लो अध्यावधिक: चैत २८, २०८० १६:०