close

महावीर पुनको जीवनी अब दराजबाट अनलाइन अर्डर गर्न सकिने

टेकपाना टेकपाना

बैशाख ८, २०८१ ९:२५

महावीर पुनको जीवनी अब दराजबाट अनलाइन अर्डर गर्न सकिने

 

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनको जीवनी अनलाइन मार्केटप्लेस दराजबाट अनलाइन अर्डर गर्न सकिने भएको छ । पुस्तक बिक्रीलाई थप सहज बनाउने गरी ईकमर्स प्लेटफर्ममा समेत उक्त पुस्तक राखिएको हो ।

पुस्तक बिक्रीका लागि उनी आफैं अहिले देश दौडाहामा छन् । गत २८ असोजमा सार्वजनिक भएको ‘महावीर पुन- सम्झना, सपना र अविरल यात्रा’ पुस्तक त्यस यताको महिनाको अवधिमा ८० हजारभन्दा बढी प्रति बिक्री भइसकेको छ । जसबाट पाँच करोड रुपैयाँ जति आम्दानी भएको पुनले जानकारी दिएका छन् ।

पुस्तक बिक्रीबाट प्राप्त रकम वीरगञ्ज कृषि औजार कारखानाको मर्मत सम्भारमा खर्च गर्ने उनको योजना छ । कसैले विश्वास गर्दै नगर्दा पनि आफूले आफ्नो आत्मकथाको किताब बेचेर ३० वर्षसम्म बन्द भएको उक्त कवाडी कारखाना चलाउन सकिन्छ भनेर ढिपी गरिरहेको उनले उल्लेख गरेका छन् ।

७५० रुपैयाँ मूल्य रहेको यो पुस्तक दराजबाट अर्डर गर्न यहाँ क्लिक गर्न सक्नु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८१ ९:२७