close

बिजुली गाडीका लागि नयाँ ब्याट्री विकास, १० मिनेट चार्ज गर्दा ६०० किमि गुड्ने !

टेकपाना टेकपाना

बैशाख १४, २०८१ १९:४०

बिजुली गाडीका लागि नयाँ ब्याट्री विकास, १० मिनेट चार्ज गर्दा ६०० किमि गुड्ने !

 

काठमाडौं । चर्चित ब्याट्री निर्माता सीएटीएल (कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड)ले बिजुली गाडीका लागि नयाँ ब्याट्री विकास गरेको छ । १० मिनेट चार्ज गर्दा गाडीलाई ६०० किमी कुदाउन सक्नेगरी कम्पनीले ​शेनसिङ प्लस ब्याट्री शेनसिङ प्लस ब्याट्री (Shenxing Plus battery) ल्याएको हो ।

ब्याट्रीको लागत कम हुने र सुरक्षित हुने भएकाले कार कम्पनीहरूले सस्तो सवारी साधनका लागि लिथियम आइरन फस्फेट प्रयोग गर्छन् । ​सीएटीएलकाे शेनसिङ प्लस ब्याट्रीमा भने नयाँ सामग्री र विशेष डिजाइन गरिएकाे छ ।

कम्पनीका अनुसार ब्याट्रीको ऊर्जा घनत्व सुधार गर्न र चार्जिङ तथा डिस्चार्जिङ भोल्युमको विस्तार नियन्त्रण गर्न यसमा स्व-विकसित थ्रीडी हनीकोम्ब लागू गरिएको छ ।

साथै कम्पनीले यसमा स्पेस उपयोगमा सहयोग गर्ने 'सेल टु बडी ३ पोइन्ट ओ' टेक्नोलोजी प्रयोग गरेको छ, जसले ब्याट्रीको क्षमता सात प्रतिशतले बढाउने दाबी गरिएकाे छ ।

शेनसिङ प्लस ब्याट्री एक फोरसी (4C) ब्याट्री भएकाले यसको चार्जिङ क्षमता चार गुणा हुने बताइएको छ । यसअन्तर्गत १ सेकेन्डको चार्जमा १ किमि कार चलाउन सकिने छ । फुल चार्जमा भने यस्तो ब्याट्री समावेश गाडीले १००० किलोमिटरसम्म यात्रा गर्नसक्ने बताइएको छ ।

हाल सीएटीएलको शेनसिङ ब्याट्री १० मिनेट चार्ज गर्दा ४०० किलोमिटर कुद्न सक्छ । यही ब्याट्रीलाई थप परिमार्जन गरेर कम्पनीले शेनसिङ प्लस ब्याट्री ल्याएको हो । 

सीएटीएलले विद्युतीय कारहरू चार्ज गर्ने ठाउँहरूको सहजताका लागि अन्य कम्पनीहरूसँग चार्जिङ स्टेसनहरूको नेटवर्क निर्माण गर्नसमेत काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ १९:४०