close

अत्याधुनिक डेटा सेन्टर खोल्न चौधरी ग्रुपको बीएलसी होल्डिङ र हिरानन्दानी ग्रुपबीच सम्झौता

टेकपाना टेकपाना

बैशाख १६, २०८१ १२:१९

अत्याधुनिक डेटा सेन्टर खोल्न चौधरी ग्रुपको बीएलसी होल्डिङ र हिरानन्दानी ग्रुपबीच सम्झौता

काठमाडौं । नेपालमा डेटा सेन्टर स्थापना तथा सञ्चालन गर्न भारतको हिरानन्दानी ग्रुप र चौधरी ग्रुप अन्तर्गतको बीएलसी होल्डिङबीच सम्झौता भएको छ ।

आइतवारदेखि राजधानीमा सुरु भएको लगानी सम्मेलनमा हिरानन्दानी ग्रुपको योट्टा डेटा सर्भिस र बीएलसीबीच दुई पक्षीय सम्झौता भएको हो । सम्झौतामा योट्टाका तर्फबाट सीईओ सुनिल गुप्ता र बीएलसीकी निर्देशक मेघा चौधरीले हस्ताक्षर गरे ।

नेपालमा विश्वस्तरीय डेटा सेन्टरको स्थापना, क्लाउड सेवा, आर्टिफिसियल इन्टेलिजेन्स प्लेटफर्म सेवाका लागि सहकार्य गरिने सम्झौतामा उल्लेख छ । यसका लागि करिब साढे ३ अर्ब लगानी हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८१ १२:४३