पूर्वाञ्चल विश्वविद्यालयको स्नातकोत्तर तहमा छात्रवृत्तिमा आईटी पढ्न आवेदन माग
बैशाख १८, २०८१ १८:५२
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले स्नातकोत्तर तहका विषयमा शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा भर्ना हुन इच्छुकका लागि प्रवेश परीक्षा सञ्चालन गर्ने भएकाे छ । एक सूचनामार्फत विश्वविद्यालयको संकाय प्रवेश परीक्षा समितिले १० प्रतिशत छात्रवृत्ति (पाँच प्रतिशत जेहेनदार र पाँच प्रतिशत आरक्षित)का भर्नाका लागि अनलाइन आवेदन फाराम खुलाएको हो ।
इच्छुक र योग्य विद्यार्थीले २९ वैशाखसम्म दुई हजार शुल्क तिरेर फाराम भर्न सक्नेछन् । त्यसैगरी दोब्बर दस्तुर तिरेर १ जेठसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा विद्यार्थीले आफ्नो सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्र, पासपोर्ट साइजका फोटो अपलोड गर्नुपर्ने विश्वविद्यालयले जनाएकाे छ ।
प्रवेश परीक्षा ५ जेठमा हुनेछ ।
अहिले यस संकाय अन्तर्गत मास्टर अफ कम्प्युटर एप्लिकेसन (एमसीए), मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी (एमआईटी) लगायतका आईटी विषय पढाइ हुन्छ ।
यी विषयको विद्यार्थी कोटा ३० र शुल्क दुई लाख ९० हजार रुपैयाँ रहेको संकायका निर्देशक नरेश कुमार शाहले बताए । शाहका अनुसार एउटा विषयमा १० विद्यार्थी मात्र भर्ना भए एक जनाले छात्रवृत्ति पाउने र ५० प्रतिशतभन्दा बढी विद्यार्थी भर्ना भए दुई जनाले छात्रवृत्ति पाउने छन् ।
आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।
यस संकाय अन्तर्गतका आंगिक एवं सम्बन्धन प्राप्त शैक्षिक संस्था निम्न रहेका छन्:
|
शैक्षिक संस्थाहरुको विवरण |
शैक्षिक कार्यक्रम |
|
आंगिक क्याम्पस |
|
|
पुसेट (पूवि स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी), विराटनगर |
Master of Computer Application (MCA) Master of Information Technology (MIT) |
|
सम्बन्धन प्राप्त क्याम्पस |
|
|
गोमेन्द्र बहुमुखी महाविद्यालय, बिर्तामोड झापा |
Master of Computer Application (MCA) |
|
किष्ट कलेज अफ इन्फरमेसन टेक्नोलोजी, कमलपोखरी, काठमाडौं । |
Master of Information Technology (MIT) |
|
कलेज अफ इन्फरमेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङ (सीआईटीई), तीनकुने, काठमाडौं |
Master of Information Technology (MIT) |
|
कान्तिपुर सिटी कलेज (केसीसी), काठमाडौं |
Master of Computer Application (MCA) |
|
हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी, कीर्तिपुर। |
M.Sc. in Ag.(Agri-Business Management) M. Sc. Meat Technology |
|
सीएएफओडीएटी कलेज कुमारीपाटी ललितपुर |
M.Sc. in Nutrition and Dietetics |
पछिल्लो अध्यावधिक: बैशाख १८, २०८१ १९:१०
