काठमाडौं । पठाओले कार प्लस सुविधा सुरु गरेको छ । प्रिमियम राइड लिन चाहने ग्राहकका लागि कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो ।
नयाँ फिचर कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ । कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसीयुक्त फराकिलो सिट सुविधा सहित हुने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।
बस्न्यातका अनुसार यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागू गरिएको र बाँकी सहरमा समय अनुकूल विस्तार गरिने छ ।