close

८ स्थानमा नि:शुल्क दौड प्रशिक्षण दिँदै इन्ड्राइभ, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

बैशाख २८, २०८१ ९:१८

८ स्थानमा नि:शुल्क दौड प्रशिक्षण दिँदै इन्ड्राइभ, यसरी हुनुहोस् सहभागी

काठमाडौं । राइड हेलिङ प्लेटफर्म इनड्राइभले शारीरिक तन्दुरुस्त र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले नि:शुल्क दौड प्रशिक्षण दिन सुरु गरेको छ । २० वैशाखदेखि ९ असोजसम्म सञ्चालन गर्नेगरी इनड्राइभले दौड प्रशिक्षणको तालिम सुरु गरेको हो । 

यस तालिम एनआरएस स्पोर्ट्स फाउन्डेसनले आयोजना गरेपनि इन्ड्राइभको ‘योर पेस‘ कार्यक्रमले सहयोग गरेको छ । तालिममा १२ वर्ष माथिका व्यक्तिहरूलाई दौड प्रशिक्षण दिइने इनड्राइभले जनाएको छ । 

तालिम काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवल गरी देशभर प्रमुख आठ स्थान हुनेमा छ । तालिममा सहभागी हुन कुनै शुल्क लाग्दैन । बरु प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् । 

दौड प्रशिक्षणमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८१ ९:२९