close

राहदानी सेवा झन्झटमुक्त र मितव्ययी भएको छः राष्ट्रपति पौडेल

टेकपाना टेकपाना

जेठ १, २०८१ १५:२९

राहदानी सेवा झन्झटमुक्त र मितव्ययी भएको छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता, राहदानी, श्रम स्वीकृति, जग्गा रजिस्ट्रेसन लगायतका सेवाहरू झन्झटमुक्त, छरितो र मितव्ययी भएको बताएका छन् । मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

उनका अनुसार सरकारी  सेवाहरू प्रविधिमैत्री बनाउँदै लगिएको छ । करदाताको व्यावसायिक लागत घटाउने गरी कर प्रणाली सुधार गरिने समेत राष्ट्रपति पौडेलले बताए ।

त्यस्तै अन्तर्राष्ट्रिय विद्युतीय भुक्तानी प्रणालीलाई अन्दरदेशीय रूपमा अन्तरआवद्धता कायम गरी विदेशी मुद्रामा भुक्तानी हुने व्यवस्था समेत मिलाइने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १५:३७