close

सन् २०४५ भित्र नवीकरणीय ऊर्जाबाट पेट्रोलियम इन्धन पूर्णतः विस्थापित गर्ने सरकारको घोषणा

टेकपाना टेकपाना

जेठ १, २०८१ १६:१०

सन् २०४५ भित्र नवीकरणीय ऊर्जाबाट पेट्रोलियम इन्धन पूर्णतः विस्थापित गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले सन् २०४५ भित्र नेपालको कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने घोषणा गरेको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

"२०४५ भित्र शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न जीवाष्म ऊर्जालाई स्वच्छ एवं नवीकरण ऊर्जाले विस्थापन गर्ने कार्य योजना तयार गरिनेछ," सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भनेका छन् ।

प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट समेत ल्याउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८१ १६:१०