काठमाडौं । सरकारले शिक्षकको सरुवा, बढुवा तथा कार्यसम्पादन मूल्यांकनका लागि एकीकृत विद्युतीय प्रणाली सञ्चालन गर्ने भएको छ ।
मंगलवार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो योजना सुनाएका सुनाएका हुन् ।
''शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन मूल्यांकन, तालिम लगायतका विषयको वस्तुपरक जानकारी दिने एकीकृत विद्युतीय प्रणाली विकास गरी सञ्चालनमा ल्याइने गरिनेछ,'' उनले भने ।