close

डेल कम्पनीको नक्कली लोगो लेबलिङ गरी बजारमा ल्यापटप बेच्ने दुई जना पक्राउ

टेकपाना टेकपाना

जेठ ६, २०८१ १६:४४

डेल कम्पनीको नक्कली लोगो लेबलिङ गरी बजारमा ल्यापटप बेच्ने दुई जना पक्राउ

 

काठमाडौं । नक्कली लेबलिङ गरी कम्प्युटर बिक्री गरेको आरोपमा विदेशी नागरिकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडौं न्युरोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा म्यानमार देश भई काठमाडौं न्युरोड बस्दै आएका २२ वर्षीय तुषार अग्रवाल र कम्प्युटर पसले उमेश मुडभरी रहेका छन् । 

शुक्रबार काठमाडौं न्युरोडस्थित मुकुन्द श्रेष्ठको घर गोदाममा डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी बेचबिखन भइरहेको भन्ने विशेष सूचना पाएपछि परिसरबाट प्रहरी टोली खटिएको थियो । सोही स्थानमा पुगेर अनुसन्धान गर्दा अग्रवाललाई नक्कली कम्पनीको लेबलिङ गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका अर्का व्यक्ति मुडभरी नक्कली लेबलिङ गरिएका कम्प्युटर बिक्री गर्दै आइरहेका थिए । 

प्रहरीले अग्रवालकाे साथबाट डेलको लोगो सहितको मनिटर ५० थान, लोगो बिनाको कम्प्युटर र ल्यापटप १८५ थान तथा मुडभरीकाे साथबाट डेलकाे लाेगाेसहित ६ थान कम्प्युटर गरी कुल २४१ थान उपकरण बरामद गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८१ १६:४४