close

दुई ओटा १४ इन्च स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप नेपालमा, मूल्य ३ लाख १० हजार

टेकपाना टेकपाना

जेठ १२, २०८१ २०:१३

दुई ओटा १४ इन्च स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप नेपालमा, मूल्य ३ लाख १० हजार

काठमाडौं । नेपाली बजारमा १४ इन्चका दुई ओटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप सार्वजनिक भएको छ । एसुसको नेपालस्थित आधिकारिक वितरक नागमणि इन्टरनेसनलले हालै जेनबुक डुओ २०२४ मोडेलको ल्यापटप बजारमा भित्र्याएको हो ।

यसमा १४ इन्चको थ्रीके १२० हर्ज रिफ्रेस रेट भएको मेन डिस्प्ले र ६० हर्ज रिफ्रेस रेट भएको सेकेन्डरी ओलेड टच डिस्प्ले छ । तर त्यसो हुँदा पनि ल्यापटपको तौल जम्मा १.३५ केजी छ । यसमा पूरा आकारको एसुस एर्गो सेन्सयुक्त ब्लुटुथ किबोर्ड रहेको छ । जसलाई काम नपरेको बेला हटाउन सकिन्छ ।

यसमा भएका मेन र सेकेन्डरी डिस्प्ले जाेडेर १९.८ इन्चकाे भर्चुअल वर्कस्पेस समेत बनाउन सकिन्छ । जसले प्रयोगकर्ताको व्यक्तिगतदेखि व्यावसायिक काम गर्न थप सजिलो बनाउने कम्पनीको विश्वास छ ।

ल्यापटपमा इन्टेलकाे पछिल्लाे फाेर्टिन्थ जेन काेर अल्ट्रा प्राेसेसर (Intel Core Ultra 9 185H) प्रयोग गरिएको छ । ग्राफिक्स कार्डकाे कुरा गर्दा यसमा इन्टेलकै आर्क ग्राफिक्स राखिएकाे छ, जुन हाई-इन्ड गेमिङ तथा आवश्यकता अनुसारको ग्राफिक वर्कलोडका लागि उपयुक्त हुने बताइएको छ । 

त्यस्तै प्रयोगकर्ताले मल्टिटास्किङ र ठूला फाइलहरू ह्यान्डल गर्न ३२ जीबी एलपीडीडीआर फाइभ एक्स र्‍याम र स्टाेरेजका लागि २ टीबीसम्मकाे एसएसडी छनौट गर्न सक्छन् । 

तपाईँले ल्यापटपमा ७५ वाट आवरको ब्याट्री पाउनुहुन्छ । चार्जर प्रयोग नगर्दा मेन डिस्प्लेबाट लगातार साढे १३ घण्टासम्म भिडिओ हेर्न सकिने कम्पनीकाे दाबी छ । तर विभिन्न रिभ्युले निरन्तर वेब ब्राउजिङ र अन्य टास्क गर्दा १० घण्टा वरपर टिकेको उल्लेख गरेका छन् ।  

त्यस्तै दुवै स्क्रिन प्रयोग गरी ल्यापटप चलाउँदा साढे १० घण्टासम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ । तर परीक्षण गर्दा ८ घण्टा २२ मिनेटसम्म ब्याट्री टिकेको नतिजा आएका छन् । लामो समयसम्म ल्यापटप प्रयोग गर्दा स्वभावैले चार्जर पनि प्रयोग गरिने भएकाले ब्याट्रीको चिन्ता ठूलो कुरा हुँदैन । समग्रमा यसको ब्याट्री औसतभन्दा राम्रो मानिएको छ ।

त्यस्तै यसमा १०८० पिक्सेलको फुलएचडी क्यामेरा पनि छ, जसमा एसुसकै एआईसेन्स क्यामेरा राखिएको छ ।

५.३ ब्लुटुथ भर्सन भएको ल्यापटपले वाई-फाई सिक्स-ई सम्म सपोर्ट गर्छ । साथै यसमा एचडीएमआई पोर्ट, दुई ओटा थण्डरबोल्ट, अडिओ ज्याक, एक-एक ओटा टाइप-सी र टाइप-ए दिइएको छ । 

ठूलो र भर्सटाइल डुअल स्क्रिन अनुभव चाहने प्रयोगकर्ताका लागि याे एक विकल्प हुन सक्छ । नेपालका एसुसका आधिकारिक स्टोरमार्फत यो ल्यापटप तीन लाख नौ हजार ९०० रुपैयाँ मूल्यमा खरिद गर्न सकिन्छ ।

ल्यापटपका विशेषता

Display:

  • Dual 14-inch OLED touchscreen displays
    • Main: 3K OLED (3200 x 1800 resolution)
    • Secondary: Full HD OLED (1920 x 1200 resolution)
    • Main: 120Hz refresh rate
    • Secondary: 60Hz refresh rate

Processor:

  • Up to Intel Core Ultra 9 185H (16 cores, 22 threads)

Graphics:

  • Intel Arc Graphics

RAM:

  • Up to 32GB DDR5

Storage:

  • Up to 2TB PCIe Gen4 SSD

Battery:

  • 75Wh

Weight:

  • 1.35 kg (3.0 lbs)

Operating System:

  • Windows 11

Special Features:

  • ViewMax for combined screen mode
  • Asus Pen 2.0 support
  • Military Grade construction (MIL STD 810H)

Color:

  • Inkwell Gray

पछिल्लो अध्यावधिक: जेठ १२, २०८१ २०:३५