close

१२ कक्षा उत्तीर्ण विद्यार्थीलाई देशमै सीप र रोजगारीमा जोड्ने सरकारको योजना

टेकपाना टेकपाना

जेठ १५, २०८१ १६:३३

१२ कक्षा उत्तीर्ण विद्यार्थीलाई देशमै सीप र रोजगारीमा जोड्ने सरकारको योजना

 

काठमाडौं । काठमाडौं । सरकारले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सीप र रोजगारीमा आवद्ध गराउने योजना ल्याएको छ ।  स्टार्टअप उद्यमीसँगको सहकार्यमा सरकारले विद्यालयको पूर्वाधार प्रयोग गरी विद्यार्थीलाई सीप र रोजगारीमा आवद्ध गराउने याेजना ल्याएकाे हाे ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सीप र रोजगारतर्फ केन्द्रित गर्नेगरी कार्यक्रम ल्याएकाे जानकारी दिए । 

“इन्डस्ट्री एकेडेमिया इन्टरफेस आयोजना गरी व्यवासायिक सीपलाई श्रमबजारसँग आबद्ध गर्दै लगिनेछ,” उनले भने, “नवअनुसन्धान र नवप्रवर्तनबाट सिर्जित ज्ञान र बाैद्धिक सम्पत्ति संरक्षण गर्दै स्टार्टअप मार्फत मिनिमल भाएबल प्रडक्टसम्म पुर्‍याउने व्यवस्था मिलाइनेछ ।” 

“उद्यमशीलता प्रवर्द्धन गर्न त्रिभुवन विश्वविद्यालय, निजी क्षेत्र र स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ ।” 

उनले अगाडि भने, “श्रमबजारको मागको आधारमा प्राविधिक शिक्षालयको नक्साङ्कन गरिनेछ । उच्च माग तथा पारिश्रमिक भएका क्षेत्र पहिचान गरी सीपयुक्त प्राविधिक जनशक्ति उत्पादन गरिनेछ ।”

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १६:३३