close

नेपालमा पोड वे यातायात: यसै वर्षदेखि निर्माण कार्य सुरु हुने*

टेकपाना टेकपाना

जेठ १५, २०८१ १७:१४

नेपालमा पोड वे यातायात: यसै वर्षदेखि निर्माण कार्य सुरु हुने*

काठमाडौं । सार्वजनिक यातायातको विकल्पमा आएको नयाँ प्रविधि ‘पोड वे’ यातायात प्रणालीको सम्भाव्यता अध्ययन तथा निर्माण कार्य अगाडि बढाइने भएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसै वर्षदेखि पोड वे यातायत प्रणालीका लागि काम सुरू हुने बताएका हुन् ।

“पृथ्वी राजमार्गको विमलनगरदेखि गोरखाको लिगलिगकोट-भच्चेक-बारपाक-बुङकोट-गोरखाबजार-मनकामना-बेनीघाटम्म पोड वे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइनेछ,” अर्थमन्त्री वर्षमान पुनले भने ।

(शीर्षक परिवर्तन गरिएको छ- स.)
 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १७:३२