close

फोल्डेबल फोनको बजारमा सामसङको दबदबा तोडियो, ह्वावे बन्यो विश्वकै ठूलो ब्राण्ड

टेकपाना टेकपाना

जेठ १६, २०८१ २०:४

फोल्डेबल फोनको बजारमा सामसङको दबदबा तोडियो, ह्वावे बन्यो विश्वकै ठूलो ब्राण्ड

 

काठमाडौं । फोल्डेबल स्मार्टफोनको बजारमा पहिलो पटक चिनियाँ ब्रान्ड ह्वावेले सामसङलाई उछिनेको छ । सन् २०२४ को पहिलो त्रैमासिक (जनवरी, फेब्रुअरी, मार्च) मा आक्रामक बजार विस्तार गर्दै ह्वावे शीर्ष फोल्डेबल फोन निर्माता बन्न सफल भएको हो । ​

स्मार्टफोन बजार अध्ययन गर्ने संस्था टेक इन्साइटका अनुसार गत वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा ह्वावेले २५७ प्रतिशत बजार विस्तार गरेको छ । फोल्डेबल फोनमा सामसङको हिस्सा २५ प्रतिशतले गिरावट आउँदा ह्वावेले भने अघि बढिरहेको छ ।

चिनियाँ बजारमा ९४ प्रतिशत र उत्तरी अमेरिकी देशहरूमा १४३ ले फोल्डेबल फोनको बजार विस्तार हुँदा यसको प्रत्यक्ष फाइदा ह्वावेले उठाएको देखिन्छ । यसबाहेक लेनोभोको मोटोरला, अनर, भिभो लगायतका फोनले पनि बजार वृद्धि गरेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८१ २०:४